चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।

त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए। परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।