मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित

मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ । स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन बुधबारसम्म जारी रहनेछ ।