सरकार कामचलाउ भयो, अब महत्वपूर्ण निर्णय गर्न पाउँदैन: सुवासचन्द्र नेम्वाङ

सरकार कामचलाउ भयो, अब महत्वपूर्ण निर्णय गर्न पाउँदैन: सुवासचन्द्र नेम्वाङ


ग्लोब नेपाल
54
Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनावको मिति घोषणासंगै सरकार कामचलाउमा परिणत भएको बताएका छन् ।

बिहीबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । उनले भने, ‘आजदेखि सरकार कामचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन ।’

उपाध्यक्ष नेम्वाङले सरकारले छापामार शैलीम चुनावको मिति घोषणा गरेको टिप्पणी गरे । यद्यपि निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको उनले बताए । आसन्न चुनावमा एमालेले सकेसम्म विचार मिल्नेसंग तालमेलको प्रयास गर्ने नभए एक्लै लड्न पार्टी सक्षम रहेको उनले बताए ।

अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित गठबन्धन गरेको नेम्वाङले टिप्पणी गरे । अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनले वजेट निर्माणका क्रममा उठेका प्रश्नको उत्तर दिनुको साटो झन् धेरै प्रश्न जन्माएको नेम्वाङले बताए ।