केन्द्रको शिक्षक नियुक्त नगर्न निर्देशन, पालिकाद्वारा विज्ञापन आह्वान !

केन्द्रको शिक्षक नियुक्त नगर्न निर्देशन, पालिकाद्वारा विज्ञापन आह्वान !


ग्लोब नेपाल
3.6k
Shares

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रलेको निर्देशन विपरित महोत्तरीको गौशला नगरपालिकाले करारमा ५७ जना शिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।

केन्द्र देशभरका सबै पालिकालाई शिक्षक नियुक्ति नगर्न निर्देशन दिइसकेको छ । तर उक्त नगरपालिकाले करारमा शिक्षक नियुक्तिका लागि साउन २९ गतेसम्ममा आवेदन दिनुपर्ने गरी विज्ञापन गरेकाे छ ।

केन्द्रले विद्यालय शिक्षा क्षेत्र योजना तर्फ सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण भई स्थानीय तह मार्फत कार्यान्वयन हुने गरी  स्वीकृत भएको माध्यमिक तह कक्षा (९-१०) मा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान र आधारभूत तह कक्षा (६-८) मा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शिर्षकको कार्यक्रममा अर्को व्यवस्था नभएसम्मका लागि गत आव २०७८/७९ को स्वीकृत बजेट र अनुदान कोटा भन्दा बढी शिक्षक नियुक्ति नगर्ननगराउन साउन १५ को निर्णय अनुसार  निर्देशन  दिएको थियो ।

केन्द्रको उक्त निर्देशन विपरित गौशला नगरपालिकाले तीनै तहको शिक्षक नियुक्तिका लागि गरेको विज्ञापन अनुसार माध्यमिक तहमा अङ्ग्रेजी, गणित, विज्ञान,सामाजिक, नेपाली र लेखा विषयका लागि १८ जना, निम्नमाध्यमिक तहका लागि अङ्ग्रेजी, गणित, विज्ञान,सामाजिक, नेपाली र कम्प्युटरका लागि २९ जना र प्राथमिक तहका लागि १० जना शिक्षकको विज्ञापन गरेको छ ।