जापानबाट १४ अर्ब ऋण लिन वार्ता टोली गठन, यी हुन् मन्त्रिपरिषद्का निर्णय

जापानबाट १४ अर्ब ऋण लिन वार्ता टोली गठन, यी हुन् मन्त्रिपरिषद्का निर्णय


ग्लोब नेपाल
54
Shares

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले १३ वटा निर्णय गरेको छ। साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी यान १५ अर्ब ९० करोड १० लाख (करिव १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै शुक्रवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन आयोगबाट प्राप्त परामर्शअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ बमोजिम वि।सं २०७९ मंसिर महिनाको ४ गते आईतवारका दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको बताए।

यसैगरी मन्त्रिपरिषद्‌ बैठकले सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गरेको छ। त्यस्तै उनलाई लुम्विनी प्रदेशको प्रमुख सचिवमा पदस्थापना पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा वढुवा गरेको छ। उनलाई महालेखा परीक्षकको कार्यालयको उपमहालेखापरीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु: