आयोगद्वारा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान

आयोगद्वारा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो ।

राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्छ । आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेशसभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ । आयोगले दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने जनाएको छ ।

आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ ।