काठमाडौं । आईतबार (भाेलि) बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा जबरामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा संविधानको धारा १०१ अनुसार निलम्बनमा छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको थिए ।
साथै भोलिको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।
यस्तो छ कार्यसूची:

प्रतिक्रिया