विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ: प्रचण्ड

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ: प्रचण्ड


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा भएका नेपालीलाई मतदानको अधिकार दिनेतर्फ बहस भइरहेको बताएका छन्।

जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताए । उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको बताए । उनले भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’

उनले अब आसन्न निर्वाचनपछि गठबन्धनले बहुमतसहित जितेर स्थिर सरकार दिने दावी गरे । अबको निर्वाचनपछि बनेको सरकारले आर्थिक विकासलाई प्राथमिकता दिएर जाने प्रचण्डले बताए।

जसरी हामीले राष्ट्रिय एकता कामय गर्दै संविधान निर्माण, निर्वाचन र राष्ट्रिय विकास गर्ने बेला भएको भन्दै जापानमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए।