थप ६६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ६६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालाहरुमा चार हजार ६८२ जनाको नमुना परीक्षण गरिएकामा थप ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलको भनाइ छ । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १६३, ललितपुरमा ४४, कैलालीमा २८, चितवनमा १२, मोरङमा ११, सुनसरीमा ८, भक्तपुरमा ७, झापामा ६, मकवानपुरमा ५, गुल्मी र रुपन्देहीमा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनुषा, कास्की र लमजुङमा ३/३, धनकुटा, तनहुँ र पाल्पामा २/२ र इलाम, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, सप्तरी, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, पर्वत, स्याङ्जा, अर्घाखाँची, दाङ, बर्दिया, रोल्पा, बझाङ, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएकाे छ ।