मदन पुरस्कारका लागि ८ कृति छनोट

मदन पुरस्कारका लागि ८ कृति छनोट


ग्लोब नेपाल
81
Shares

काठमाडौं । मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् । २०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कृतिहरू र अकारादि क्रममा निम्न लिखित छन् ।

अग्नि–डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी ‘किशोर’
महाभारा– वसन्त बस्नेत
यादको सन्दुक– दीपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश– प्रा. नीलमणि ढुङ्गाना
सती : इतिहास र मीमांसा– सुजित मैनाली
हिति प्रणाली– पद्मसुन्दर जोशी