कांग्रेसले साउन ३० र ३१ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

कांग्रेसले साउन ३० र ३१ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने


ग्लोब नेपाल
351
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई यही साउनको ३० र ३१ गते काठमाडौंमा प्रशिक्षणको मिति तय गरेको हो ।

प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित देशैभरका जनप्रतिनिधिहरु सहभागी हुने कांग्रेसले जनाएको छ ।