एकैदिन ९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

एकैदिन ९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार देशभरका प्रयोगशालाहरुमा ५ हजार ३५१ जनाको नमुना परीक्षण गरिएकोमा थप ९३४ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ । सोमबार थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।
जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन्।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।