चुनावमा होमियो कांग्रेस, ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने

चुनावमा होमियो कांग्रेस, ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने


ग्लोब नेपाल
945
Shares

काठमाडौं । नेपाली कांग्रेसले आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लक्षित गतिविधि सुरु गर्ने भएको छ। त्यसका लागि कांग्रेसले कांग्रेसले देशभर पार्टीका नेताहरु खटाउने भएको छ।

निर्वाचनको तयारीका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो। विश्व आदीवासी दिवसका अवसरमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदीवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले चुनावी गतिविधिका लागि नेताहरु जिल्ला जाने बताए ।

भदौ २ गतेबाट भदौ २४ गतेसम्म चुनावी गतिविधिका लागि केन्द्रीय नेताहरू जिल्ला जाने उनले बताए। ‘भाद्रको २ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य साथीहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा,’२८ महामन्त्री थापाले भने।

उनले निर्वाचनकै तयारीका लागि पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि काठमाडौँ बोलाइने जानकारी दिए। थापाले भने, ‘हामीले ३० र ३१ गते श्रावणमा देशभरका स्थानीय सरकारका साथीहरुलाई यहाँ बोलाउँदै छौँ।’