गृह मन्त्रालयले भन्यो: नागरिकतामा अपमानजनक नाम-थर नराख्नु

गृह मन्त्रालयले भन्यो: नागरिकतामा अपमानजनक नाम-थर नराख्नु

अपमानजनक नाम-थर भएका नागरिकता सच्याइने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सरकारले अबदेखि नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ ।

सोमबार गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने उल्लेख गरेका छन् ।

प्रवक्ता पोखरेलले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको पनि बताएका छन् । पहिले नै अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित व्यक्तिलाई सच्याउन दिने व्यवस्था पनि मिलाइएको पनि पोखरेलले जानकारी दिए ।

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले अबदेखि त्यस्तो हुन नदिने बताएको हो ।

हेर्नुहोस् गृह मन्त्रालयको पत्र: