मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेलेका छन् । उनी भारतको रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले यसअघि अफगानिस्तानको क्रिकेट टिमलाई पनि प्रशिक्षण गरेका थिए ।

प्रभाकरले नेपाली टिम सम्हाल्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा क्रिकेटप्रति रुचि तथा खेलाडीहरूको प्रतिभालाई हेरेर म नेपाली क्रिकेट टिमसँग काम गर्न र क्रिकेट शक्तिको रूपमा निर्माण गर्न साँच्चिकै आतुर छु।’

श्रीलंकन प्रशिक्षक पुबुदु दासानायेकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक खाली थियो । क्यानका प्रवक्ता प्रशान्तविक्रम मल्लका अनुसार प्रभाकारसँग एक वर्षको करार गरिएको छ । उनी एक हप्ताभित्र नेपाल आउने मल्लले जानकारी दिए ।