सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला चयन

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला चयन


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्तीको सरकारी निवास बालुवाटारमा बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पहिलो बैठकमा सबैले आ आफ्नो धारणा राखेको र ठोस कार्ययोजनासहित साउन २६ गते अर्को बैठक बस्ने कार्कीले बताए । यो कार्यदलले सिट बाँडफाँटको लागि विस्तृत छलफल गरेर आफ्नो प्रतिवेदन शीर्ष बैठकमा पेश गर्ने उनले जानकारी दिए ।