केन्या भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्र मल्लको पुनरागमन

केन्या भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्र मल्लको पुनरागमन


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । केन्यासँग टी-ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि नेपालको टिम घोषणा भएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । यस्तै ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । क्यानले घोषणा गरेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । ज्ञानेन्द्रसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन् । अर्जुन साउद पहिलो पटक टिममा परेका छन् ।

कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन् । नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी-२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ ।

नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।

नेपाली टोली 
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आशिफ शेख( विकेटकिपर) आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र पौडेल। सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर) पवन सर्राफ, साहव आलम, किशोर महतो, विवेक यादव

वैकल्पिक खेलाडी 
जितेन्द्र मुखिया, भिम सार्की, प्रतिश जिसी, हरिशंकर शाह