बाल्टिमोरमा कांग्रेस नेता बस्नेतसँग भेटघाट (फोटोफिचरसहित)

बाल्टिमोरमा कांग्रेस नेता बस्नेतसँग भेटघाट (फोटोफिचरसहित)

आयाेजक : नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टर


ग्लोब नेपाल
6.5k
Shares

बाल्टिमोर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत यतिखेर अमेरिका भ्रमणमा छन्। भ्रमणकै क्रममा नेता बस्नेतको स्वागत एवं सम्मानमा मेरिल्याण्डमा एक कार्यक्रम गरिएको छ। नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टरले यसरी आफ्नो पार्टीका नेता बस्नेतको सम्मानमा भेटघाट कार्यक्रम आयोजना गरेको हो।

आइतवार साँझ बाल्टिमोरमा आयोजित कार्यक्रममा बाल्टिमोरमा रहेका कांग्रेसका शुभेच्छुकहरु र जनसम्पर्क समितिका सदस्यहरुको सहभागिता रहेको थियो। च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले आफुले सामाजिक रुपमा पनि निरन्तर काम गर्दै कांग्रेसका लागि योगदान गरेको बताए । उनले समसामयिक राजनीति,आसन्न निर्वाचन र गठबन्धनका बारे पनि चर्चा गरेका थिए ।

विदेशमा बसेका नेपालीहरुले मातृभूमिको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै नेता बस्नेतले वर्तमान सरकारको पहलमा गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने विधेयक पास भएको भन्दै देशका लागि थप योगदान गर्न र विदेशमा नेपालको गरीमालाई ऊँचो बनाउने काममा भूमिका खेल्न आग्रह गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले समितिको अधिवेशनका सन्दर्भमा आफुहरुले पार्टी नेतृत्वसँग निरन्तर पहल गरिरहेको भन्दै अधिवेशनको तयारीमा लाग्न समितिका सदस्यहरुलाई आग्रह गरे । ‘समितिको साधारण सदस्यता वितरण प्रक्रिया सुरु गर्नका लागि पार्टी नेतृत्वसँग हामी निरन्तर छलफलमा छौं र पार्टीका शीर्ष नेताहरुले पनि अब ढिलाई नगरी प्रक्रिया सुरु गर्नुपर्छ भन्ने बताएका थिए, तर ऊता नेपालमा चुनावको माहौल पनि सुरु भएकोले गर्दा केही ढिलाई भएको मात्र हो, तसर्थ म सबै साथीहरुलाई अब छिट्टै अधिवेशनको प्रक्रिया सुरु हुने हुनाले त्यतातिर केन्द्रीत हुन आग्रह गर्दछु । म पनि सकेसम्म चाँडो प्रक्रियागत ढंगले नेतृत्व हस्तान्तरण गर्न आतुर छु’ विष्टले समितिका सदस्य एवं शुभेच्छुकहरुको चासोलाई सम्बोधन गर्दै भने।

च्याप्टर महासचिव नेत्र केसीले संचालन गरेको कार्यक्रमको स्वागत च्याप्टरका संस्थापक सभापति रामचन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रममा समितिका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा,अर्का केन्द्रीय सदस्य एवं कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि गौतम दाहाल, १४ औं महाधिवेशन प्रतिनिधि भरत अर्याल, पूर्व महासमिति सदस्य चित्रा कार्की, कांग्रेसका पुराना नेता पशुपति बन्जाडे, जनसम्पर्क समितिका नेता नारायण थापा, राप्रपाका केन्द्रीय सदस्य एवं अन्तराष्ट्रीय समन्वय समिति प्रमूख प्रेमकुमार श्रेष्ठ, एनआरएन आइसीसी अध्यक्ष रबिना थापा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ, प्राध्यापक डाक्टर केशब भट्टराई, नासो कम्युनिटी अमेरिकाका महासचिव राजन सुनारलगायतका वक्ताहरुले पनि बाेलेका थिए ।

पूर्व सूचना तथा संचारमन्त्री समेत रहेका नेता बस्नेत धर्मपत्नी माण्डवी राणाका साथ अमेरिकाको भ्रमणमा छन् ।