विश्व क्रिकेट जगतका चर्चित एम्पायरको गाडी दूर्घटनामा मृत्यु

विश्व क्रिकेट जगतका चर्चित एम्पायरको गाडी दूर्घटनामा मृत्यु


ग्लोब नेपाल
108
Shares

विश्व क्रिकेट जगतका दिग्गज एवं चर्चित एम्पायर रुडी कर्टजनको गाडी दूर्घटनामा मृत्यु भएको छ । दक्षिण अफ्रिकाको केपटाउनबाट घर फर्किरहेका बेला उनी सवार गाडी दूर्घटनामा परेको थियो ।

दक्षिण अफ्रिकी ७३ वर्षीय रुडी कर्टजनसहित तीनजना गाडीमा सवार रहेको र तीनै जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । कुनै पनि ब्याटर आउट हुँदा बिस्तारै चोरी औंलामाथि उठाउँदै आउटको संकेत गर्ने एम्पायरका रुपमा उनी विश्वभर चर्चित थिए ।

सन् १९८१ बाट एम्पायरिङको करियर सुरु गरेका रुडी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक एम्पाएरिङ गर्नेमध्ये एक हुन् ।

उनले कीर्तिमानी २०९ एक दिवसीय, १०८ टेष्ट र १४ वटा टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय खेलमा एम्पायरिङ गरिसकेका छन् । उनको अन्तिम एम्पाएरिङ २०११ मा भारतमा सम्पन्न आइपीएलमा रहेको थियो । उनि साथीहरुसँग गल्फ खेल्ने सिलसिलामा केपटाउन पुगेका थिए ।