बालाजुको जुत्ता कारखानामा आगलागी

बालाजुको जुत्ता कारखानामा आगलागी


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो ।

अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता मैनालीले बताए ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।