काठमाडौं । काठमाडौंको बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहान साढे १० बजेतिरबाट सुरू भएको आगो निभाउन काठमाडौं, भक्तपुर र नेपाली सेनाको दमकल प्रयोग गरिएको छ । साथै केही ट्यांकर पनि आगलागीस्थलमा लगिएको थियो ।
घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।
प्रतिक्रिया