जबराविरुद्धको महाअभियोग अध्ययन छिट्टै सक्न समितिलाई सभामुखको आग्रह

जबराविरुद्धको महाअभियोग अध्ययन छिट्टै सक्न समितिलाई सभामुखको आग्रह


ग्लोब नेपाल
621
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् ।

बुधबार महाअभियोग समितिका सदस्यहरुबीच सहजीकरण बैठक राखेर सापकोटाले अध्ययन छिट्टै सक्न आग्रह गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । ‘तपाइँहरु स्वायत्त हुनुहुन्छ। काम अघि बढाउनुस् । सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरुलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै न्यौपानेले भने। सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए

२२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । तर, हालसम्म सिफारिस समितिले काम सुरु गरेको छैन । यही बेला सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन ।

महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् ।