तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित 

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित 


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधि सभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ । 

बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो ।

दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए ।