थप ८६८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

थप ८६८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु


ग्लोब नेपाल
162
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको हो । ३ हजार ६१४ नमूनाको पीसीआर र ३ हजार ९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालया अनुसार सोही समयमा कोरोना संक्रमणबाट थप ३ जनाले मृत्यु भएको छ । बुधबार ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८८५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ।