जापानबाट फर्केर प्रचण्डले भने: नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न

जापानबाट फर्केर प्रचण्डले भने: नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न


ग्लोब नेपाल
567
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताएका छन् ।

जापान भ्रमणबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बुधबार पूर्वधानमन्त्री प्रचण्डले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताए । उनले विधेयक राष्ट्रपतिले रोक्न नहुने पक्षमा आफू रहेको पनि बताए । ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भने ।

दुबै संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ। तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन ।

उनले आफ्नो जापान भ्रमण धेरै राम्रो भएको पनि बताए । ‘पहिलो पटक जापान गएको हो, के होला कसो होला भन्ने थियो, तर धेरै राम्रो भयो’, उनले भने । फरक प्रसंगमा उनले पार्टीका पदाधिकारी छिट्टै टुंग्याउने बताए।

‘पदाधिकारीको नाम मेरो कोटको खल्तीमा छ भनेर अलि बढ्तै भन्नुहुन्छ मिडियाका साथीहरूले। त्यस्तो पनि होइन, हामी चाँडै टुंग्याउँछौं,’ प्रचण्डले भने।