प्रचण्डलाई बाबुरामको प्रस्तावः एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाऔँ

प्रचण्डलाई बाबुरामको प्रस्तावः एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाऔँ


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

ललितपुरको हात्तीवनस्थित प्रचण्डको भान्जाको घरमा भएको भेटमा आगामी आम निर्वाचनमा मोर्चा बनाएर एकै चिह्नमा चुनाव लड्ने प्रस्ताव गरेका छन्। छलफलमा बाबुरामले गरेको मोर्चा निर्माणसम्बन्धी प्रस्तावमा सकारात्मक रहेको बताउँदै प्रचण्डले यसबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गर्ने जवाफ दिएको स्रोतले बतायो ।

एउटै चुनाव चिन्ह बनाउनेबारे गठबन्धनमा रहेका र मोर्चामा सहभागी हुन सक्ने अन्य दलका नेतासँग पनि छलफल गर्ने निष्कर्षमा तीन नेताहरू पुगेको बताइएको छ ।’उहाँ (बाबुराम) को प्रस्ताव एउटै मोर्चा बनाइ एकै चुनाव चिह्नमा लडौँ भन्ने छ। यसबारे अध्यक्ष (प्रचण्ड) ले माधव नेपालसँग सल्लाह गरौँला भन्नु भएको छ’, स्रोतले भन्यो, ‘कांग्रेससँग पनि सल्लाह गरेर यसबारे एउटा निष्कर्षमा पुग्न सकिन्छ।’

भट्टराईले मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुरलाई भेटेर गठबन्धन बनाउन आफ्नो भूमिका रहेकाले समेटेर लैजान आग्रह गरेका थिए।