एमाले सचिवालय बैठक सुरु 

एमाले सचिवालय बैठक सुरु 


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । 

जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो । 

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु आ-आफ्नो तयारीमा जुटेका छन्। सत्तारुढ गठबन्धनसँग एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइरहेको छ।