कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्‍यु, थप ८१५ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्‍यु, थप ८१५ जनामा संक्रमण पुष्टि


ग्लोब नेपाल
135
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोशालामा २ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।