साहित्यमा नारीलाई थप प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

साहित्यमा नारीलाई थप प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री देउवा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्यमा नारी साहित्यकारलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आज पूर्वराजदूत प्रतिभा राणाद्वारा लिखित ‘गहिराई’ र ‘कर्टेन अफ माया’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले पुरुष साहित्यकारहरूको वर्चस्व रहेको नेपाली साहित्य क्षेत्रमा अहिले नारी साहित्यकारहरुको सङ्ख्या थपिदै गएको भन्दै प्रशंसा पनि गरे ।

देउवाले नेपाली साहित्यमा विगतदेखि रहेको पुरुष वर्चस्व तोडिदै गएको भन्दै नारी साहित्यकारहरूलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन् । सरकारले साहित्य, कला र भाषाको विकासका लागि विभिन्न प्रतिष्ठानहरू स्थापना गरेर काम गरिरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

उनले पूर्वराजदूत राणाले एकैपटक नेपाल र अंग्रेजी भाषामा गरी दुई वटा पुस्तक सार्वजनिक गरेको भन्दै आगामी दिनमा नेपाली साहित्यको भण्डार थप अभिवृद्धि गर्न शुभकामना व्यक्त गरे ।