निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो

निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छन् । उनले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराएकी हुन् ।

कानुन मन्त्री र महान्यायाधिवक्तालाई बोलाएर ध्यानाकर्षण

निहारिकाले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उनले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डिएनए टेस्ट गर्नुपर्ने लगायतका माग राखेकी छन् ।