चुनावी प्रचार गर्न उम्मेदवार को हुन्छ भनेर पर्खनु पर्दैन – कांग्रेस प्रवक्ता महत

चुनावी प्रचार गर्न उम्मेदवार को हुन्छ भनेर पर्खनु पर्दैन – कांग्रेस प्रवक्ता महत


ग्लोब नेपाल
54
Shares

ललितपुर । नेपाली कांग्रेसका नेता, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसारमा लाग्न कांग्रेस नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्। ‘हामी पार्टी सिस्टममा भएकाले उम्मेदवार को हुन्छ भनेर पर्खिनु पर्ने अवस्था छैन प्रचारप्रसारमा लागिहाल्नुस’ – डा. महतले भने ।

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन सफल भएको बताउँदै डा. महतले केन्द्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत केन्द्र र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको बताए।

नेपाली कांग्रेस ललितपुर प्रचार प्रचार शाखाले आयोजना गरेको प्रेस युनियनको केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै डा. महतले कांग्रेसले एक्लै चुनावमा जान चाहे पनि गठबन्धनमा रहेका अन्य चार दल गठबंधनका पक्षमा रहेकाले गठबन्धनको बाध्यता रहेको बताए।

उनले भने -‘हामीले एक्लै चुनावमा भाग लिन चाहेँ तापनि अन्य दल गठबन्धनका पक्षमा छन्। हामीले गठबन्धन नगरे एमालेसँग गठबन्धन हुने सम्भावना बढ्छ।’ त्यसैले यस्तो परिस्थितिमा गठबन्धन आवश्यकता रहेको नेता महतले औंल्याए। नेता महतले यो चुनावी अभियानलाई सफल पार्न सबैले आआफ्ना ठाउँबाट प्रचार प्रसारलाई तीव्रता दिन आग्रह गरे।