प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घट्याे

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घट्याे


ग्लोब नेपाल
162
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, १८.९६ अंक घटेर २०३७.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६१ अंक घटेर २०३५.३२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३६ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा १२ स्टकको १३ लाख ३० हजार ३५६ रुपैयाँ बराबरको १ हजार ४१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ।