थप ४५५ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

थप ४५५ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु


ग्लोब नेपाल
135
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा चार हजार ८२९ जनाको नमुना परीक्षणमा थप ४५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार थप ३०२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।