शिक्षकले बृद्धि भएको तलव साउनदेखि नै पाउने !

शिक्षकले बृद्धि भएको तलव साउनदेखि नै पाउने !


ग्लोब नेपाल
111.6k
Shares

काठमाडौं । शिक्षकले चालु आर्थिक २०७९/८० वर्षको बजेट भाषणामा घोषणा गरिएको तलव साउन देखि नै पाउने भएका छन्।

यहि साउन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीको नयाँ तलवमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको बताए । उनका अनुसार शिक्षकसँगै सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहारी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवाका लागि नयाँ तबलमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारले गत जेठमा ल्याएको चालू आर्थिक वर्षको बजेटमा सरकारी सेवाका कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो ।