निमावि शिक्षक लाइसेन्सको परीक्षा रद्द !

निमावि शिक्षक लाइसेन्सको परीक्षा रद्द !


ग्लोब नेपाल
985.1k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षामा सहभागि एक जनाको परीक्षा रद्द गरिएको जनाएको छ ।

आयोगका अनुसार सुदूरपश्चिम प्रदेश अन्तरगत कैलालीको त्रिभुवन मा.वि. बोराडाँडी ‘ख’ केन्द्रबाट परीक्षामा सहभागि परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएकोले उनको परीक्षा रद्द गरिएको हो ।

आयोगले जारी गरेको सूचना भनिएको छ, ‘शिक्षक सेवा आयोगबाट मिति २०७९ ।०४। २८ गते सञ्चालन भएको विज्ञापन नम्बर ३८/२०७९, निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मा. वि.,बोराडाँडी ” ख” केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा शिक्षक सेवा आयोग नियमावली ,२०५७ को नियम २६को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुईवर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाईएको हुँदा जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’