१६ अमेरिकी सेना संयुक्त अभ्यासका लागि काठमाडौंमा

१६ अमेरिकी सेना संयुक्त अभ्यासका लागि काठमाडौंमा


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाली सेनासँगै संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। भोलि(मंगलबार) काठमाडौँ र नगरकोटमा हुने संयुक्त सैनिक अभ्यासका लागि उनीहरू नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।

अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुने र चाहिने आवश्यक सैन्य सामग्रीहरू अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच सञ्चालन हुँदै आएको ‘एक्सब्यालेन्स नेल’अन्तर्गतको ३९‍औँ संस्करण भएको सेनाले जनाएको छ।

सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेन्जर गणहरू र अमेरिकी सेनाको टुकडीबिच मंगलबार संयुक्त अभ्यास हुने सेनाले जनाएको छ।