राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा चुनाव लड्छु: वामदेव गौतम

राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा चुनाव लड्छु: वामदेव गौतम


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए । गौतम हाल राष्ट्रियसभा सदस्य छन्। गौतमले राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उठ्ने बताएका हुन्।

उनले गठबन्धनका सदस्य आफू नभएको बताए। ‘सत्ता गठब्रन्धन भन्दा गठबन्धनको प्रतिनिधित्व गर्नेगरी जानपर्यो, म त्यसरी जाँदिन्। मेरो गठबन्धन माओवादी केन्द्रसँग हो।’

नेता गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताए । उनले भने, ‘माओवादीकै कोटाबाट मलाई सीट दिने हो कि गठबन्धनमा कुरा गरेर अलग्गै सीट दिलाउने भन्ने जिम्मा प्रचण्डलाई दिएको छु । उहाँले जसरी हुन्छ मलाई दिने हो । मैले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको हुँ र माओवादीको गठबन्धनमा गएको हुँ ।’