नेपाल आयल निगमले भन्यो: पेट्रोलियम पदार्थको मूल्य घट्दैन्

नेपाल आयल निगमले भन्यो: पेट्रोलियम पदार्थको मूल्य घट्दैन्


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने बताएको छ ।

भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

‘हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै रु २३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४.७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९.५७ रुपैयाँ घाटा देखाएको छ । हवाइ इन्धन र मट्टितेलमा नाफा नै देखाइएको छ।

निगमले आफ्ना कर्मचारीलाई बोनस र विभिन्न शीर्षकमा सुविधा दिँदै आएको छ भने उपभोक्तालाई चाहिँ लगातार तीन पटक मूल्य घटेर आउँदा पनि समायोजन गरेको छैन । जबकी निगमले स्वचालित मूल्य प्रणाली भन्दै बढेको बेलामा चाहिँ विगतमा भाउ बढाउँदै आएको थियो ।