प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् ।

निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम मंगलबार साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको संख्या ७६ पुगेको निर्वाचन आयोगले जनाएको हो। आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगका प्रवक्ता पौडेलले भने, ‘आयोगको सूचनाअनुसार दल दर्ता गर्ने समय आजसम्म हो । अहिले ५ बजेसम्म ७६ वटा दल दर्ता भएका छन् ।’

निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ७६ राजनीतिक दल मात्रै दर्ता भएका हुन् ।

सरकारले आगामी ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै आयोगले त्यहीअनुसारतयारी गरिरहेको छ ।