विद्यालय कर्मचारीहरूको प्रश्न: सरकारले ललिपप दिएर कहिलेसम्म फकाउँछ ?

विद्यालय कर्मचारीहरूको प्रश्न: सरकारले ललिपप दिएर कहिलेसम्म फकाउँछ ?

विद्यालय कर्मचारी भोलिदेखि आन्दोलन गर्दै


ग्लोब नेपाल
783
Shares

काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले भोलिदेखि आन्दोलन गर्ने भएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्को आयोजनामा कर्मचारीहरू आन्दोलनमा होमिन लागेका हुन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समयदेखि राज्यले आफ्ना माग बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरेर स्वतः स्थायी गराउनुपर्ने उनीहरुको माग छ । पूर्ण सेवा सुविधाको ग्यारेन्टी अन्तर्गत विद्यालय कर्मचारी सहायक (लेखापाल) को तलब ३६ हजार ७३० हुनुपर्ने उनले बताए । लेखापाललाई नायब सुब्बासरह ३४ हजार ७३० तलब स्केल र २ हजार महँगी भत्ता दिनुपर्ने माग अघि सारिएको उनको भनाइ छ ।

त्यस्तै विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० रुपैयाँ तलब हुनुपर्ने उनले बताए । संघीय शिक्षा ऐनरशिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने माग अघि सारिएको उनले जानकारी दिए ।

संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन् । सेवा प्रवेशका लागि ४० वर्षे उमेर हद कार्यरत कर्मचारीको हकमा एक पटकका लागि नलाग्ने प्रबन्ध गर्नुपर्ने माग आफूहरूले अघि सारेको उनको भनाइ छ ।