स्पेनिस डिफेन्डर गोमेज म्यानचेस्टर सिटीमा

स्पेनिस डिफेन्डर गोमेज म्यानचेस्टर सिटीमा


ग्लोब नेपाल
135
Shares

लन्डन । स्पेनिस डिफेन्डर सर्जियो गोमेज इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध भएका छन् । अन्डरलेटका २१ वर्षीय रक्षक गोमेजलाई साविक विजेता सिटीले १ करोड १० लाख युरोमा चार वर्षका लागि क्लबमा भित्र्याएको हो ।

उनले सन् २०२५–२६ को सिजनसम्म सिटीबाट खेल्नेछन् । सिटीले गोमेजलाई २१ नम्बर जर्सी दिएको छ । गोमेजले यसअघि स्पेनिस क्लब बार्सिलोना को ‘बी’ टिम र बोरुसिया डर्टमन्डबाट व्यवसायिक फुटबल खेलेका थिए ।