प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ८४ दल दर्ता (सूचीसहित)

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ८४ दल दर्ता (सूचीसहित)


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन्।

आयोगले मंगलबार (३१ साउन) सम्मका लागि दल दर्ताको समय दिएको थियो। सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन मंगलबारसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् ।

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ। आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ। दशेको प्रमुख (ठुलो) पार्टी नेकपा एमाले १० औँ नम्वरमा र दोस्रो ठुलो दल नेपाली कांग्रेस ७५ औ नम्बरमा निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले बुधबारबाट जाँचबुझ गर्ने बताए ।