नेकपा माओवादी केन्द्रले बिहीबार पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले बिहीबार पदाधिकारी टुंग्याउने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई भोलि (भदौ २ गते) पूर्णता दिने भएको छ।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहत छलफल भएको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए ।

‘सबैमा विस्तृत छलफल गर्यौँ, भोली बिहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’, प्रवक्ता महराले भने, ‘पदाधिकारी पनि भोली नै टुंग्याउछौँ ।’ गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले पदाधिकार चयन, स्थायी समिति र पोलिटब्यूरो गठन गर्न बाँकी राखेको थियो।

यसअघि बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति​ र पोलिटब्यूरो गठन गर्नुका साथै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गरिएको थियो।

२९९ सदस्यीय केन्द्रीय कमिटीसहित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष गरी १५ जना पदाधिकारीको व्यवस्था महाधिवेशनले गरेको छ।