कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो,’माओवादी’ प्रचण्ड एन्ड कम्पनी : ओली

कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो,’माओवादी’ प्रचण्ड एन्ड कम्पनी : ओली


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको आराेप लगाएका छन् ।

बुधबार ललितपुरस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इतिहासमा पनि पटक(पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए ।’कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन’, ओलीले भने, ‘अरु पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने ! कांग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन ।’

ओलीले कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिपछि हिँडेको आरोप लगाए । ‘इतिहासमा पनि पटक-पटक देशहितविरुद्ध काम गरेको पार्टी हो । सुध्रिएला कि भन्ने लागेको थियो । माओवादी पार्टी भनेको प्रचण्ड एन्ड कम्पनी हो’, उनले भने, ‘कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यै नीति, व्यवहार र आचरणमा लुरुलुरु हिँडेको छ । त्यसलाई तोड्नुपर्छ।’

ओलीले प्रचण्डप्रति लक्षित गर्दै सपनामा भेटेको व्यक्तिलाई फलानोसँग भेटेँ भन्दै हिडेको टिप्पणी गरे । ‘फलानोसँग भेटे, पछि सपनामा भेटेको थिएँ । सपनामा दोस्ती होला, सपनामा त कस्तो कस्तो देखिन्छ,’ ओलीले टिप्पणी गरे ।