दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा

दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा



बेइजिङ । दक्षिणपश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले बुधबार लोड सेडिङको सामना गरेका छन् । गर्मीको लहरले बिजुली आपूर्तिमा सङ्कट भएसँगै लाखौँ मानिसले लोड सेडिङ सामना गर्न बाध्य भएका हुन् । हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ ।

यस क्षेत्र आफ्नो बिजुली उत्पादन गर्न बाँधमा पनि धेरै निर्भर छ । तर, गर्मीले जलाशय सुक्न थालेको छ जसका कारण ऊर्जा अभावलाई बढाएको छ ।

प्रान्तको उत्तरपूर्वी ५ दशमलब ४ मिलियन जनसंख्या भएको सहर दाझोयुमा बुधवार मात्र विद्युत आपूर्ति हुने एक स्थानीय पावर कम्पनीलाई उल्लेख गर्दै सांघाईस्थित एक स्थानीय सञ्चार माध्यमले जनाएको छ । उक्त क्षेत्रमा दैनिक तीन घण्टासम्म लोडसेडिङ हुने र आवश्यक परे कटौती लम्ब्याउन सकिने प्राप्त विवरणमा जनाइएको छ ।

विद्युत अभावमा जापानी अटोमेकर टोयोटासँगको संयुक्त उद्यमसहित सिचुआनका कारखानाहरू काम रोक्न बाध्य भएका छन् ।