नेकपा एसले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने, उम्मेदवार बन्न ८ मापदण्ड

नेकपा एसले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने, उम्मेदवार बन्न ८ मापदण्ड


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस)ले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ।

केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने जनाएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवार बन्नका निम्ति सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ। यस्तै, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गर्नेलाई समाजवादीले प्राथमिकता दिने भएको छ।

उम्मेदवार बन्नका निम्ति पार्टी र क्रान्तिप्रितको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्नेछ। यस्तै आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ। समाजवादीले सिफारिस गर्ने उम्मेदवार जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ। चुनाव लड्नका निम्ति स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्नेछ।

समाजवादीले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गर्ने बताएको छ। उम्मेदवार छनौट गर्दा समावेशी समानुपातिक आधारमा गरिने समाजवादीको निर्णय छ।

यस्तो छ नेकपा एसको निर्णय: