‘याे चुनावको समयमा नागरिकता विधेयक किन पारित गरिरहेका छौं ?’

‘याे चुनावको समयमा नागरिकता विधेयक किन पारित गरिरहेका छौं ?’

'नागरिकता विधेयकलाई दलको हिसाबले समर्थन गरौंला तर मेरो आत्माले ठिक मानेको छैन'


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयक र त्यसलाई राष्ट्रपतिले फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलका क्रममा सांसद चौधरीले सांसद चौधरीले वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा राख्नैपर्ने बताइन् । उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नागरिकता प्राप्त गर्ने समयावधि राख्नुपर्ने अधिकांका सांसदहरूको रहेको दाबी गरिन् ।

सत्तारुढ दलका अरु सांसदहरूलाई पनि नागरिकता विधेयक राम्रो नभएको लागे पनि पार्टीको बन्धनले विरोधमा बोल्न नसकेको चौधरीको भनाइ छ । आफूले निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा मतदान गरेपनि नागरिकता विधेयक राम्रो नलागेको कुरा भन्नैपर्ने सांसद चौधरीले बताइन् ।

‘नागरिकता विधेयकलाई दलको हिसाबले समर्थन गरौंला तर व्यक्तिगत हिसाबले, मेरो आत्माले ठिक मानेको छैन भन्ने कुरा राख्न चाहन्छु । किनभने आज सबै नागरिक आन्दोलित छन् । हामी यो चुनावको समयमा किन पारित गरिरहेका छौं ? पाँच महिना पछि त नयाँ सरकार नयाँ सदन आइहाल्छ । सात वर्ष ढिला गर्‍यौं भन्छ । सात लाख नागरिकले नागरिकता पाइरहेका छैनन् । सात वर्षसम्म ढिलाइ कसको कारणले भयो ? त्यसको क्षतिपूर्ति कसले दिने ?,’ उनले भनिन्, ‘नागरिकता विधेयक ठिक छैन भन्ने धेरै सांसदलाई लागेको छ तर पार्टीको बन्धनले उहाँहरूले बोल्न सक्नुभएको छैन । पार्टीभन्दा माथि उठेर मुलुकको लागि बोल्नुस् भन्न चाहन्छु ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना नगर्न भन्दै सांसद चौधरीले नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको कदम ठीक र संवैधानिक रहेको बताइन् ।