डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट


ग्लोब नेपाल
108
Shares

काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता लिनुपर्ने माग्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ ।

अधिवक्ता सागर बराल लगायतले क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग गर्दै बिहिबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।