काठमाडौं । नागरिकता विधेयक २०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको प्रतिनिधि सभा बैठकले बहुमतले पारित गरिएको छ ।
बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए।
प्रतिनिधि सभाबाट विधेयक पारितसँगै अब राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभाबाट पारित भएपश्चात प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पेश गरिने छ । यसपटक राष्ट्रपतिसामू विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन ।
प्रतिक्रिया