माओवादी स्थायी समिति बैठक सुरु

माओवादी स्थायी समिति बैठक सुरु


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् । अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त भएपछि पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो ।

पार्टी महासचिव देव गुरुङ हुने पक्का जस्तै छ । महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ ।

उपाध्यक्षहरुमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।